प्रदेश २ को नामाकरण सम्बन्धमा एमाले जनायो “जानकी प्रदेश” मा सहमति

काठमाडौ ! प्रदेश २ को नामका लागि ‘जनक प्रदेश’को प्रस्ताव दर्ता गराएको नेकपा एमालेले ‘जानकी प्रदेश’मा समर्थन जनाएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा नेकपा एमालेकी सांसद शारदा देवी थापाले जानकी प्रदेशमै आफूहरुको समर्थन रहेको बताउनु भएको छ। पार्टी विभाजनअघि नेकपा एमालेको तर्फबाट प्रमोदकुमार यादवले ‘जानकी प्रदेश’ र शारदा देवी थापाले ‘जनक प्रदेश’ नाम दर्ता गराउनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *