प्रदेश २ को नामाकरणका लागि यस्ता आए ४ प्रस्तावहरु

काठमाडौ ! प्रदेश २ को नामाकरणका लागि चार वटा नाम प्रदेश सभा बैठकमा प्रस्ताव पेस गरिएको छ । आज बिहीवार बसेको प्रदेश सभा बैठकमा ‘मधेश प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्य मधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’ सहितको नाम पेस गरिएको हो ।

सत्तारुढ दल जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रले प्रस्ताव गरेको मधेश प्रदेश नाममा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन गरेको छ ।

त्यस्तै अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट प्रदेशको नाम जानकी प्रदेश प्रस्ताव पेस गरिएको छ भने कांग्रेसले मिथिला भोजपुरा नामको प्रस्ताव पेस गरेको छ । त्यस्तै कांग्रेसकै प्रदेश सभा सदस्य राजेश्वरप्रसाद साहले मध्य मधेश प्रदेश प्रस्ताव पेस गर्नुभएको छ ।

जसपाको तर्फबाट शैलेन्द्रकुमार यादव, माओवादी केन्द्रको तर्फबाट भरतप्रसाद साह, नेकपा एसको तर्फबाट प्रमोदकुमार यादव, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले नामको प्रस्ताव पेस गरेका छन् । नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामाकरणको प्रस्ताव भने आज पेस हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *