कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज सुरुवाइ हुँदै

काठमाडौं ! नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध दायर गरेको रिटमाथि आइतबार सुनवाई हुने भएको छ ।

कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पु¥याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले शुक्रबार सर्वोच्चमा रिट दायर गरेको थियो ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथसमेत गराइसकेका छन् । तर, थापाको मुख्यमन्त्रीमा नियुक्तिको विषय सर्वोच्च अदालतमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *