असंबैधानिक तवरले कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं ! कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति वदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । एमाले कोशी प्रदेशका प्रमुख सचेत सचेतक रेवतीरमण भण्डारीले निवर्तमान मुख्यमन्त्री हिक्मत बहादुर कार्कीको तर्फबाट रिट दायर गरेका हुन् ।

कूल ९३ सदस्यीय कोशी प्रदेश सभामा कुनै दलको पनि बहुमत छैन । गत असार १५ गते विश्वासको मत नपाउँदा तत्कालीन मुख्यमन्त्री कार्की पदमुक्त भएका थिए । कार्की पदमुक्त भएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले पाँच दिनको समय सीमा दिएमा संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

प्रदेश प्रमुखको आह्वनपछि नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता थापाले सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा बहुमत पुर्याएका थिए । सभामुखको हस्ताक्षरलाई अस्वीकार गर्न एमालेले माग गरेपनि हिजो प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *