कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आज आह्वान हुँदै

काठमाडौं ! कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुखले आव्हान गर्ने तयारी गरेका छन् । यसअघि प्रदेश प्रमुख पर्शुराम खापुङसँग दलहरू परामर्शमा थिए ।

सङ्ख्याको कारण पनि संविधानको धारा १६८ को कुन उपधारा अनुसार सरकार गठनको आव्हान गर्ने भन्ने विषयमा प्रदेश प्रमुखज्यू कानुनी परामर्शमा हुनुहुन्छ,’ प्रदेश कार्यालयका निमित्त सचिव नरेन्द्रकुमार श्रेष्ठले भने, ‘आइतबार आव्हान हुन्छ होला ।’

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव शुक्रबारको प्रदेशसभाबाट फेल भएको थियो । संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत बनेको कार्की नेतृत्वको सरकार ढलेसँगै अब संविधानको सोही धाराको उपधारा (३) अनुसार आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने एमालेले बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *