कोशी प्रदेश : विश्वासको मत दिन र सहमतिको सरकार बनाउन एमालेको आग्रह

काठमाडौं ! नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठक सकिएको छ। उक्त बैठकले सहमतिको सरकार बनाउन सबै दललाई आग्रह गर्ने निर्णय गरेको छ । बुधवार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक रेवतिरवण भण्डारीले बताउनु भयो ।

साथै उक्त बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीवार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने र मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन सबै दललाई आग्रह गर्ने निर्णय गरेको उहाँले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *