लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि गठबन्धन दलले दावी पेश गर्दै

काठमाडौं ! लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि गठबन्धन दलले दावी पेश गर्दैछ।

मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज गठबन्धन दलले दावी पेश गर्न लागेका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरिए अनुसार आज गठबन्धन दलहरूले दाबी पेस गर्न लागेका हुन् ।

आज गठबन्धन दलबाट नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकारको दावी पेश गर्ने संभावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *