बुधबार सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्दै एमाले नेता रावल

काठमाडौं ! नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिँह रावलले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि बुधवार दाबी पेस गर्दै हुनुहुन्छ।

उहाँले एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टसहितको सहभागितामा प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न लाग्नु भएको जनाइएको छ।  सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको छ।

सुदूरपश्चिममा एमाले नेतृत्वमा माओवादी र नागरिक उन्मुक्तिको समर्थनमा प्रदेश सरकार गठन हुने सहमति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *