प्रदेश १ मा आज बहुमतसहित मुख्यमन्त्रीको दावी पेश गर्दै एमाले नेता हिक्मत कार्की

काठमाडौं ! प्रदेश नं १ को मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने आज अन्तिम दिन हो । प्रदेश प्रमुख पर्शुराम खापुङले हप्तादिन अघि दिएको समयसिमा आज पाँच बजे सकिदैछ ।
मुख्यमन्त्रीका रुपमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेशसभा दलका नेता हिक्मत कार्कीले आज बहुमत प्रदेशसभाका सदस्य सहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गर्नु भएको छ ।
९३ सदस्यीय प्रदेशसभामा वर्तमान सत्ता गठबन्धन स्पष्ट बहुमतमा छ । जसमा एमालेका ४०,माओवादी केन्द्रका १३,राप्रपाका ६ र जसपाका १ गरी ६० जना साँसद छन् । कार्कीका अनुसार सत्ता साझेदार दलहरुसँग बैठक बसेर दिउसो ४ बजेतिर प्रदेश प्रमुखलाई बहुमत सदस्य सहित मूख्यमन्त्रीको दाबी पेश गरिनेछ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोका अनुसार अन्य प्रदेशहरुमा पार्टी केन्द्रले भागवण्डा मिलाउन बाँकी रहेपनि प्रदेश नं १ एमाले कै भागमा पर्ने भएकोले कार्कीलाई समर्थन गरेर जाने सहमती भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *