सुदूरपश्चिममा २७ पुससम्म मुख्यमन्त्रीमा दावी पेश गर्न दलहरुलाई प्रदेश प्रमुखको आह्वान

धनगढी – सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनको आह्वान गर्नुभएको छ ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार २७ पुसको साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले जानकारी दिनुभयो । संविधानको १६८ (२) मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दावी पेश गर्न सक्ने व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि दलको बहुमत छैन । त्यसैले बहुमत पुर्‍याउनका लागि दुई वा दुई भन्दा बढी दल मिल्नुपर्नेछ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । नेपाली कंग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *