मुख्यमन्त्री राईका कारण यो कार्यकालमा प्रदेशको नामाकरण गर्न सम्भावना देखिएन : नेता कार्की

काठमाडौं ! नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले यो कार्यकालमा प्रदेशको नामाकरण सम्भव नभएकोे बताउनु भएको छ । उहाँले प्रदेश १ सरकारले यसमा चासो नराखेकोले पनि सम्भावना टरेको बताउनुभएको छ । दमकमा पत्रकारहरु सँग कुरा गर्दै कार्कीले मुख्यमन्त्री राजेन्द्र राईका अभिव्यक्तिका कारणले पनि सहमति पर धकेलिएको उल्लेख गर्नुभयो । मुख्यमन्त्रीको अभिव्यक्ति गैह्र जिम्मेवार तरिकाले आएपछी तत्कालै सहमतिको सम्भावना कम देखियो, उहाँले भन्नुभयो, सरकारले यो विषयलाई हल्का ढंगले लिएका कारण पनि समस्या देखियो । कार्की एमालेले नामाकरणका लागि बनाएको कार्यदलका संयोजक समेत हुनुहुन्छ ।
प्रदेश १ का पूर्व मन्त्री समेत रहेका कार्कीले दलीय हैसियत अनुसार दलले र सांसद भएका हिसाबले आफू पनि नामाकरण गर्न नसकेको बिषयमा नैतिक जिम्मेवार रहेको धारणा राख्नुभयो । कार्कीले अहिले नै प्रदेश संरचनाको बिषयमा समिक्षा गरिहाल्ने बेला नभएको बताउनु भयो । गठबन्धनका नाममा भाग पुर्याउन मन्त्रालय फुटाउनु, सचिवालयका नाममा खर्च बढाएसँगै प्रदेशको वियमा टिकाटिप्णी भएको देखियो, उहाँले भन्नुभयो, तर अहिले तत्कालै सरचनाकै बिषयलाई लिएर समिक्षा गरिहाल्ने बेला भएको छैन् । उहाँले नेकपा एमाले नेतृतवमा भएको प्रदेश सरकारलले साढे ३ वर्षको अवधिमा ६२ वटा रणनितिक सडक निर्माण गरेको दाबी गर्नुभयो । पूर्व आन्तरिक मामिला मन्त्री कार्कीले बोर्डर आउट पोष्ट ९विओपी०को संख्या समेत बढाएर सिमा सुरक्षालाई प्राथमिकता दिएको दाबी गर्नुभयो। एमालेले असोज पहिलो साता सम्म उम्मेद्वार टुग्याउने दाबी गर्दै भन्नुभयो, एमाले एक्लैले ४० प्रतिशत मत ल्याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *