अझै सार्वजनिक गरेन सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारी सरुवाको विवरण

काठमाडौं !  सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारी सरुवाको विवरण सार्वजनिक गरेको छैन। मंगलबार प्रदेश सरकारले सामान्य प्रशासन र लेखा समूहका कर्मचारीको सरुवा गर्ने निर्णय गरिएको थियो। तर, कुन कर्मचारीको कहाँ सरुवा भयो ? भन्ने पूर्ण विवरण सार्वजनिक गरिएको छैन।प्रदेश निजामती कर्मचारी सरुवा तथा काजसम्बन्धी कार्यविधि २०७७ मा एक मन्त्रालय वा प्रदेशस्तरीय निकाय वा अन्तर्गतको कर्मचारीलाई अर्को मन्त्रालय वा प्रदेशस्तरीय निकाय वा अन्तर्गत सरुवा तथा पदस्थापनाको कार्य मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयले गर्ने भन्ने उल्लेख छ।

कार्यविधिअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदले गर्ने सरुवाको निर्णय साउन १ गतेदेखि साउन मसान्तसम्म गरिसक्नुपर्ने व्यवस्था छ। तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार अवेर सदर गरेको कर्मचारी सरुवा भने यो समाचार तयार गर्दासम्म सार्वजनिक गरिएको छैन। यस विषयमा बुझ्दा मुख्यमन्त्री कार्यालयका सचिव टुवराज पाख्रेलले वेवसाइटमा विवरण राख्ने काम भैरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *