धनगढीमा सुरुभयो परिक्षणकालीन लाइसेन्स वितरण : राज्यमन्त्री चौधरीद्रारा कार्यक्रमको विशेष शुभारम्भ(फोटोसहित)

काठमाडौं ! धनगढी बाट परिक्षणकालीन लाइसेन्स आज देखि वितरण शुरु गरिएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारकी भौतिक पुर्वाधार विकास राज्यमन्त्री माननीय चुनकुमारी चौधरीले आज एक कार्यक्रमका बिच उक्त कार्यको वितरण शुरुवात गर्नुभएको हो।

यातायात ब्यवस्था बिभागले २९ बर्ष पछि यातायात ब्यवस्था ऐन लागू गर्ने निर्णय गरे संग‌ै सुदुरपश्चिममा पनि साे निर्णय लागू भएकाे छ । सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ ले ब्यवस्था गरेकाे परिक्षणकालीन चालक अनुमती पत्र सुदुरपश्चिममा पनि वितरण शुरू भएकाे हाे । साे चालक अनुमति पत्र वितरण शुरू भए संगै १ बर्षसम्म चिट बाेकेर सवारी चलाउनु पर्ने बाध्यताकाे पनि अन्त्य भएकाे छ ।                                                                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *