प्रदेश १ मा मन्त्रीपरिषद विस्तार

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले बुधबार दुई मन्त्री र तीन राज्यमन्त्रीसहित पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापालाई नियुक्त गरिएको छ ।

यसैगरी, उद्योग राज्यमन्त्रीमा उत्तम बस्नेत, भूमि व्यवस्था राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा लिला बल्लभ अधिकारीलाई नियुक्त गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *