माओवादी केन्द्रको अध्यक्षमा फेरि प्रचण्ड

काठमाडौ ! नेकपा माओवादी केन्द्रको सम्पन्न ८औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल निर्वाचित हुनुभएको छ । सोमबार ललितपुरमा बसेको पहिलो बैठकमा नेता नारायणकाजी श्रेष्ठले गरेको प्रस्तावपछि सर्वसम्मतले दाहाल निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि नेता श्रेष्ठले दाहाललाई फेरि अध्यक्षमा नाम प्रस्ताव गर्नु भएको थियो ।आइतबार दाहालले केन्द्रीय सदस्यहरूको नाम पढेर सुनाएसँगै माओवादीको आठौं महाधिवेशन आइतबार सम्पन्नभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *