प्रधानमन्त्री दाहाल आज अमेरिका जाँदै

काठमाडौं !  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शनिबार अमेरिका जाँदैछन्। आज साँझ ६ बजे उनी संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्न लागेका हुन्।

प्रधानमन्त्री दाहालले बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

उनले संयुक्त राष्ट्र संघको महासभामा आफूले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरु अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रूपमा स्तरोन्नति हुन आइपरेका चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गराउनेछन्।

प्रधानमन्त्री दाहालले अमेरिकामा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

राष्ट्रसंघको महासभामा सहभागी भइ उनी त्यतैबाट असोज ५ मा चीन प्रस्थान गर्नेछन्। प्रधानमन्त्री दाहाल चीनमा १९ औं एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुनेछन्।

प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति सी चिनफिङसँग हाङझाउमा भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ली छियाङसँग असोज ८ मा बेइजिङमा भेट गर्ने कार्यतालिका छ।

चीन भ्रमणले चीन र नेपालबीचको विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नेपाल र नेपाली जनताको हित एवं दुई मुलुकबीचको सम्बन्धलाई मजबुत तुल्याउने विश्वास लिइएकाे छ।

भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, स्वकीय सचिव गंगा दाहाललगायत सहभागी हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *