प्रधानमन्त्री दाहाल आज दाङ जाँदै : यस्तो छ कारण

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङ जाँदै हुनुहुन्छ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय पाँचौँ दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्नका लागि विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री दाहाल आज दाङ जान लाग्नु भएको हो। उहाँ बिहान ११ बजे दाङ पुग्नुहुने जनाइएको छ।

आज हुने नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा विश्वविद्यालयका ५७५  जना विद्यार्थीहरू दीक्षित हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *