प्रचण्ड विरुद्धको मुद्दा आज सुनुवाइ हुँदै

काठमाडौं– बाल सेना दुरुपयोग लगायत आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज मंगलबार सुनुवाइ हुँदै छ।

पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ हुन लागेको हो। माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *