नेपालमा उत्पादित सवारी साधन दर्ताको कानुनी व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि विद्यमान कानुनी समस्या हल गर्न तत्काल ऐन निर्माणको प्रस्ताव र प्रोत्साहनको नीति ल्याउन निर्देशन दिनुभएको छ।

आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको जनगुनासो सम्बोधन हुनेगरी नेपामा उत्पादन हुने सवारीसाधन दर्ताको कानुनी व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।

सरकारले नवप्रवर्तनलाई विकास तथा समृद्धिको मुख्य उत्प्रेरक शक्तिको रुपमा लिएको भन्दै प्रधानमन्त्री प्रचण्डले आविस्कार र नव प्रवर्तनका क्षेत्रमा नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न समेत निर्देशन दिनुयो ।

प्रधानमन्त्रीले “यात्री” लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै प्रधानमन्त्रीले विद्यमान कानुनी व्यवस्था अपुग भएकोले तत्काल ऐन परिमार्जन या नयाँ मस्यौदा तयार गर्न मन्त्रीपरिषदमा प्रस्ताव पेश गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्धन सम्बन्धि कानुन निर्माणको प्रस्ताव पे्श गर्न निर्देशन दिनुभएको छ।

यसअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको कार्यभार ग्रहण गरेलगत्तै मातहतका मन्त्रालयलाई नव प्रवर्तन तथा नवीतनम प्रविधिको प्रयोगमार्फत सुशासन तथा जनसरोकारका विषय सम्बोधन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्ययोजना प्रस्तुत गर्न निर्दशन दिनुभएको थियो । यसका साथै आवीस्कार केन्द्रलगायतका नवप्रवर्तन र वैज्ञानिक आविस्कारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुसँग समेत निरन्तर छलफल गर्दै वैज्ञानिक आविस्कारको विकासमा राज्यले पूर्ण सहयोग गर्ने बताउँदै आउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *