प्रधानमन्त्री दाहाल धनगढीस्थित लेखराज भट्टको घरमा

काठमाडौं ! प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका केन्द्रिय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ। आज (आइतवार) एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टको निवासमै उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ता अहिले पनि जारी रहेकाले के कुरा भैरहेको छ भन्नेबारे खुल्न सकेको छैन।

 

 

स्रोतका अनुसार प्रचण्ड लेखराजको निवासमा खाना खाएर केहीबेरमा महेन्द्रनगर प्रस्थान गर्नेछन्। लेखराज पूर्व माओवादी नेता समेत हुन्। उनी नेकपा विभाजनका बेला एमालेमा समाहित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *