प्रधानमन्त्री दाहालले सोमबार विश्वासको मत लिने

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत्र ६ गते सोमबार विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाजको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वको मत लिने प्रयोजनको लागि सोमबार दिउँसो १ बजे बैठक राखिएको जानकारी दिएका हुन् ।

प्रचण्ड गत पुस १० गते आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसपछि उनले पुस २६ गते विश्वासको मत लिएका थिए ।  तर त्यसपछि सत्ता समीकरण परिवर्तन भएको र  सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएकोले उनले पुन: विश्वासको मत लिन लागेका हुन् । सरकारलाई समर्थन दिएको दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

हाल प्रचण्डलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, लगायतका दलको समर्थन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *