प्रचण्डविरुद्धको रिटमा सर्वोच्चमा सकियो सुनुवाइ : आदेश आजै आउन सक्ने

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ।

 

 

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भर्खरै सुनुवाइ सकिएको हो। सुनुवाइ सकिएसँगै आजै फैसला आउने बताइएको छ।

आजको सुनुवाइमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइटेल ध्रवलाल श्रेष्ठले बहस गरेका थिए।

हिजो न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिए पनि बेन्च नै बस्न नसकेपछि स्थगित भएको थियो।

माघी पर्वका अवसरमा २०७६ माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *