प्रधानमन्त्री प्रचण्ड विरुद्धको मुद्दा आज सुनुवाइ हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ ।
५ हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रचण्डविरुद्ध मंगलबार सर्वोच्च अदालतमा फौजदारी अभियोग माग गर्दै मुद्दा परेको थियो । जनयुद्धमा मारिएकाका आफन्त रामेछापका ज्ञानेन्द्रराज आरणसमेत २८ जनाले रिट दर्ता गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *