प्रचण्डका विरुद्ध रिट निवेदकको प्रश्नः ५ हजार मार्नेले देशको प्रधानमन्त्री बन्न मिल्छ?

काठमाडाैँ !  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

वि.सं. २०७६ साल माघ १ गते टुँडिखेलमा माघी पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए।

सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएकाहरु कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्।

रिट दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रिट निवेदक कल्याण बुढाथोकीले २६ जना भएर दुईवटा मुद्दा दर्ता गरेको बताए।

उनले भने, ‘२६ जनाले दुई वटा रिट निवेदन दर्ता गरेका छौँ। हिजो द्वन्द्वकालमा माओवादीहरूले कानुन विपरीतका जघन्य अपराधका गरेका थिए, त्यही विषयमा रिट निवेदन गरेका छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *