सुदूरपश्चिममा कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

काठमाडौं ! प्रधानमन्त्री एवं (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रदेशस्थित माओवादी केन्द्रको संसदीय दलका नेतालाई निर्देशन दिएका छन् ।

कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहलाई बहुमत पुर्‍याउन माओवादीको मत आवश्यक पर्ने देखिएपछि प्रचण्डले संसदीय दलका नेता खगराज भट्टलाई यस्तो निर्देशन दिएको जानकारी प्रचण्डका प्रेस विज्ञ मनहरि तिमल्सिनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *