आयुर्वेदका लागि नेपाल सही र उचित गन्तव्यस्थल : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन् ।आजदेखि काठमाडौंमा सुरु भएको सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको पनि बताए । प्रधानमन्त्री दाहालले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रूपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्नखाले समस्याहरू परिरहेको भन्दै त्यसलाई न्यूनीकरण गर्ने बाटोमा जान आवश्यक रहेको बताए ।

उनले नेपाल आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्वपूर्ण वनस्पतीहरू पाइने उल्लेख गरे । उनले आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतीहरू जोगाइराख्नुपर्ने आवश्यक्ता देखिएकोले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए ।

उनले सरकारले आयुर्वेदलाई संरक्षण र सम्वर्द्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट आफ्ना कामहरू गरिरहेको बताए । उनले भारतले पनि नेपाललाई आयुर्वेदका औषधिहरू पाइने मुख्य थलोको रूपमा राखेको उल्लेख गर्दै नेपालका वनस्पतिहरुको संरक्षण सम्वर्द्धन गर्न जरुरी रहेको बताए । उनले नेपालमा रहेका वनस्पतीहरूको अध्ययन र अनुसन्धान अझै हुन जरुरी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *