प्रधानमन्त्री प्रचण्ड आज चितवन जाँदै

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन जाँदै हुनुहुन्छ।

प्रधानमन्त्री प्रचण्ड एक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन चितवन जान लाग्नुभएको हो।

प्रधानमन्त्री भएपछि राजधानी बाहिरको पहिलो सार्वजनिक कार्यक्रममा जान लाग्नुभएका  प्रधानमन्त्री प्रचण्डले भरतपुर वडा नं. १० मा रहेको नारायणी नमूना माध्यमिक विद्यालय को हिरक महोत्सव समारोहको उद्घाटन गर्नुहुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *