प्रधानमन्त्री प्रचण्डले आगामी २९ गते विश्वासको मत लिने

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २९ गते विश्वसको मत लिने प्रस्ताव संसद्‌मा राख्ने भएका छन् । २५ गतेका लागि संसद्काे अधिवेशन आह्वान भइसकेकाे छ । सरकार बनेको ३० दिनभित्र विश्वकासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

प्रचण्डले सरकारको भागबण्डा पूरा नभइसके पनि विश्वासको मत लिने तयारी गरेका हुन् । अहिले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी सरकारमा सामेल छन् । सरकार बनाउँदा सात पार्टीले सरकारलाई समर्थन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *