तेस्रो कार्यकालका लागि प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा प्रचण्डलाई नियु्क्त गर्नुभएको हो। आज एमाले सहितका दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा दावी सहित राष्ट्रपति कार्यालय पुग्नुभएको थियो। राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले सोमबार ४ बजे शपथको तयारी गरिएको जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *