`प्रधानमन्त्री´ बन्न प्रचण्डको गोप्य भेटघाटहरु जारी

काठमाडौँ । आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेस“गै नया“ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् ।

आगामी सरकारको नेतृत्व (प्रधानमन्त्री) बन्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवाद केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोप्य भेटघाट तीव्रता पारेका छन् । ललितपुर खुमलटारस्थित निवासमा सोमबार प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (एमाले) सचिव रघुवीर महासेठसँग ‘गोप्य भेटघाट’ गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि फोन गरेर प्रचण्डलाई बधाई दिँदै ‘आगामी दिन मिलेर अगाडि बढ्न गरेको’ प्रस्तावपश्चात् ओलीनिकट नेता महासेठले गरेको ‘प्रचण्डस“गको भेटलाई अर्थपूर्ण’ रूपमा लिइएको छ ।

यद्यपि, महासेठले भने ‘भेटघाटमा शुभकामना साटासाट मात्रै भएको’ प्रतिक्रिया दिए । तर, एक घण्टाभन्दा बढी समय ‘गोप्य छलफल’ गरेका प्र्र्रचण्ड र महासेठको भेटघाटलाई ‘केबल शुभकामना साटासाट मात्रै भएको हो’ भन्नेमा कतिपय सशंकित छन् । ओलीनिकट नेता महासेठले प्रचण्डलाई भेट्नुको पछाडि ‘आगामी सरकार गठन’बारे छलफल भएको चर्चा छ । याे खबर राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *