प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सात दिने स्पष्टीकरण सोधेको छ । उम्मेदवारी दर्ताका क्रममा तामझाम गरेको र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो ।

सामान्य तरिकाले तोकिएको संख्यामा मात्रै मनोनयनपत्र दर्ता गर्न जानुपर्नेमा तामझाम गरेको र बाजागाजा र तामझा सहित मनोनयनपत्र दर्ता गराउन गएको भन्ने सूचना सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाहा पाएको जनाउँदै निर्वाचन आयोगले यो विषय सत्य हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोध्नेको जनाएको छ । आयोगले सात दिनभित्र जवाफ दिन निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *