माओवादी अध्यक्ष प्रचण्ड गोरखा – २ बाट निर्वाचन लड्ने

काठमाडौं । २०७४ को निर्वाचनमा चितवन–३ बाट सांसदमा निर्वाचित भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार बन्ने भएका छन्।

शुक्रबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रचण्डलाई गोरखा–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

२०६४ मा रोल्पा– २ र काठमाडौं– १० बाट निर्वाचन जितेका प्रचण्डले २०७० मा काठमाडौं–१० बाट दोहोर्‍याएर लड्दा पराजित भएका थिए भने भने सिरहा–५ जितेका थिए।

२०७४ मा चितवन ३ बाट विजयी भएका प्रचण्डले यसपटक गोरखा रोजेका छन् । गोरखा २ मा डा. बाबुराम भट्टराईले निर्वाचन नलड्ने भएपछि उक्त निर्वाचन क्षेत्र प्रचण्डले रोजेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *