माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानमा,एयरपोर्टमा नेपाली राजदूतद्वारा स्वागत

काठमाडौं ! पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान पुग्नुभएको छ । नेपाली जन प्रगतिशील मन्च जापानको निमन्त्रणामा विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड जापान जानू भएको हो।

अध्यक्ष प्रचण्ड केहीबेर अघिमात्र जापानको टोकियो स्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको उहाँको सचिवालय मार्फत फेसबुक पोष्टमा जनाइएको छ । अध्यक्ष प्रचण्डलाई विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गर्नुभएको थियो। जापान भ्रमणमा अध्यक्ष प्रचण्ड सहित छोरी गंगा दाहाल र सचिवालय सदस्यहरुपनि हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *