मोदीले प्रचण्डलाई भेट्न समय नै दिएनन् : निरास भएर काठमाडौं फर्किदै

काठमाडौं ! भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिएनन् । गत शुक्रबार भारत भ्रमणमा गएका प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने बताइएको थियो ।

तीन दिने भ्रमणको अवसरमा प्रचण्डले भारतीय विदेश सचिव, विदेश मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार र भारतीय जनता पार्टीका अध्यक्षसँग भेटवार्ता गरेका छन् ।
प्रचण्ड आइतवार काठमाडौं फर्कनुअघि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने बताइएको थियो । तर, अन्तिम समयसम्म पनि मोदीले प्रचण्डसँग भेटको लागि समय नदिएको बताइएको छ ।
मोदिले भेट नदिएपछि प्रचण्ड निरास भएर स्वदेश फर्किन लागेको चर्चा हुन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *