माओवादी अध्यक्ष प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लिमा भेटवार्ता

काठमाडौं ! भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटघाट भएको छ । अध्यक्ष प्रचण्ड र विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भेटघाटको कुराकानी बारे खुलाइएको छैन तथापी काङ्ग्रेस नेतृ आरजु देउवापनि दिल्लिमै रहेकीले आगामी निर्वाचनपछि सत्ता साझेदार गर्न काङ्ग्रेस र माओवादीले भारतको साथ खोजेको भन्ने आम सर्वसाधारणले सामाजिक सन्जालमा लेखेका छन् । अध्यक्ष प्रचण्ड र नेतृ देउवाबिच पनि आज नै दिल्लिमै भेट भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *