भाजपाको निमन्त्रणामा आज प्रचण्ड दिल्ली जाँदै

काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उनी भारत जान लागेका हुन्। उनलाई भाजपाले पार्टी मुख्यालयमा स्वागत गर्नेछ।

तीन दिने भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशङ्कर, विदेशसचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डनलगायतसँग भेटवार्ता गर्ने तयारी छ। भाजपा अध्यक्ष नड्डासँग आजै भाजपा मुख्यालयमा भेटवार्ता हुने तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *