काठमाडौं ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत जाने बताइएको छ। उहाँ राजनैतिक भेटघाटको लागि भारत जान लागेको प्रचण्डको सचिवालयले खुलाएको छ तर भेटघाट को-को सँग गरिने भन्नेबारे खुलाएको छैन ।
भोलि शुक्रबार भारत गएर उहाँ साउन १ गते स्वदेश फर्किने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।