प्रचण्डले भने : एकदम बिग्रेको मैँ हो, अब सुध्रिन्छु

काठमाडौं ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू बिग्रेकोले देशको राजनीति बिग्रेको र अब सुध्रिने अभिव्यक्ति दिएका छन् ।

काभ्रेको पाँचखालमा योङ कम्युनिष्ट लिग (वाइसीएल)को नगर सभालाई सम्बोधन गर्दै प्रचण्डले अरू मात्रै बिग्रेको तर आफू सही रहेको भन्ने प्रवृत्तिको कारण नै पार्टी र राजनीति बिग्रिएको बताएका हुन् ।

प्रचण्डले भने, ‘राजनीतिमा जो जति माथि आएको छ त्यो बिग्रेको छ । त्यसैले अहिले धेरै भन्दिन बिग्रेको मै हो भनेको छु । अब म चाहिँ सच्चिन्छु, को–को सच्चिने नसच्चिने तपाईहरू सोच्नुस् भनेको छु ।’ सबैले अरूलाई दोष दिएर सबै अरूले नै बिगारे भन्नुभन्दा मैले के बिगारे भनेर सोच्न थालियो भने त्यहीँबाट रूपान्तरण सुरू हुने प्रचण्डले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *