गृहमन्त्री खाँड र कानुनमन्त्री शर्मा प्रचण्ड निवासमा

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको छ।

अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ। भेटमा संघीय संसद्लाई सञ्चालन गर्ने र सरकारले संसद्‌मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिनुभयो।

`समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसद्‌मा पेस गर्न लागेका विभिन्न विधेयकबारे भेटमा छलफल भयो,’ गृहमन्त्री खाणले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *