एकीकृत समाजवादीको कारण गठबन्धनमा सहमति जुटेन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)को अडानले चुनावी गठबन्धनमा सहमति नजुटेको बताउनुभएको छ ।
माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यको बैठकमा अध्यक्ष प्रचण्डले महानगरमा सहमतिको नजिक पुगे पनि उपमहानगरमा मिल्न बाँकी नै रहेको बताउनुभएको हो ।

६ महानगरमध्ये ३ कांग्रेसले लिने र ३ अन्य दलले लिनेमा सहमति भएको उहाँले बताउनुभयो ।
काठमाडौं, ललितपुर, विराटनगर कांग्रेसलाई, भरतपुर माओवादी र वीरगन्ज जसपाले लिने सहमति भइसकेको प्रचण्डले ब्रिफिङ गरेको माओवादी नेताहरूले बताएका छन् ।
एकीकृत समाजवादीलाई पोखरा दिने सहमति भएको भए पनि तलबाट विरोध आएकोले समस्या भएको प्रचण्डले बताउनुभएको थियो । त्यसको लागि प्रयास भइरहेको प्रचण्डको भनाइ थियो ।
माओवादीले जितपुर, सिमरा र दाङका दुईमध्ये १ उपमहानगर पाउने प्रचण्डले जानकारी गराउनुभएको थियो । उपमहानगरमा एकीकृत समाजवादीले धेरै दाबी गरेका कारण सहमति हुन नसकेको प्रचण्डको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *