माधव नेपालले आफ्नो पार्टीको हैसियत भन्दा बढि भाग खोजेकोले तालमेलमा समस्या : प्रचण्ड

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको बैठकमा चुनावी तालमेलको अवस्थाबारे ब्रिफिङ गर्नुभएको छ ।

आजको उक्त बैठकमा अध्यक्ष दाहालले वर्तमान सत्ता गठबन्धनमा एकीकृत समाजवादीले ठूलो भाग खोज्दा समस्या भएको उल्लेख गर्नुभएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेमा हुँदाको जसरी ठूलो भाग खोज्दा भागबण्डा मिलाउन समस्या हुने गरेको उहाँको भनाइ थियो । आफूलाई अझै पनि एमाले नै देख्ने र सानो पार्टीको अध्यक्ष हुँ भन्ने कुरा हेक्का नराख्ने प्रवृत्तिमा माधव नेपालमा रहेको संकेत गर्दै प्रचण्डले भन्नुभयो, ‘उहाँले आफूलाई अझै पनि एमाले नै सम्झिएर धेरै भाग माग्नुहुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *