देशैभरी चुनावी तालमेल गर्ने बिसयमा कुरा भयो : अध्यक्ष प्रचण्ड

काठमाडौँ ! नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरुबीच आज चुनावी तालमेलको विषयमा कुरा भएको प्रस्ट्याउनु भएको छ । आज काठमाडौंमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको र मिलेरै जाने सहमति बनेको खुलासा गर्नुभयो ।

उहाँले भन्नुभयो, मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो । अर्को एक फरक प्रसङ्गमा उनले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताउनु भयो । उहाँले भन्नुभयो, “छलफलबाट निकास निकाल्छौँ । केही समस्या छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *