योग्य मान्छे प्राधिकरणमा पुर्‍याउँदा बिजुली निर्यात गर्ने अवस्थामा पुग्यौँ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा घण्टौँ हुने लोडसेडिङ हटाउन नेकपा (माओवादी केन्द्र)को भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ ।

आज बुधबार चितवनमा भएको एक कार्यक्रममा उहाँले माओवादीले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रमुख कर्याकारी अधिकृत बनाएसँगै लोडसेडिङ अन्त्य भएको दाबी गर्नुभयो । कार्यक्रमको मञ्चमै रहेका घिसिङप्रति संकेत गर्दै उहाँले आफूले गरेको निर्णयमा गर्व लागेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *