प्रचण्ड फेरि चितवन जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज फेरि चितवन जाने भएका छन् ।

बिहीबार मात्रै अध्यक्ष प्रचण्ड माडी नगरपालिकामा चेपाङ बस्ती उद्घाटन गर्न चितवन पुगेका थिए ।  आज पनि उनले चितवनमा उदघाटन, शिलान्यास लगायतका कार्यक्रम नै सरिक हने जनाइएको छ ।

आज उनले राप्ती नगरपालिकामा हर्दी विद्युत सबस्टेशनको उदघाटनका साथै भरतपुर–२२ धनौजीमा कभर्डहल तथा भरतपुर महानगर रिङरोडको पश्चिम खण्ड शिलान्यास गर्ने माओवादी केन्द्र चितवनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *