सिंगै राष्ट्रको जिम्मेवारी आफू माथि रहेको जस्तो लाग्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको मात्र नभएर सिंगै राष्ट्रको अध्यक्षको जिम्मेवारी आफ्नो टाउकोमा रहेको अनुभूति हुने गरेको बताएका छन् । भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले देशमा कुनै अफ्ठ्यारो पर्‍यो भने जसरी तसरी बचाउने भारी बोकेर बसिरहेको अनुभूति हुने गरेको बताए । म माओवादी केन्द्रको अध्यक्ष छु । दुई पटक देशको प्रधानमन्त्री भएँ । तर मलाई माओवादी केन्द्रको अध्यक्षजस्तो मात्रै लाग्दैन अचेल । सिंगै राष्ट्रको जिम्मेवारी मेरो टाउकोमा छ जस्तो लाग्छ,’ उनले भने, ‘देशमा संकट आयो, देशमा जस्तो हुन्छ, त्यो संकटबाट टार्नुपर्ने हुन्छ ।’

उनले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको अनुपस्थितिमा एक्लै भारी बोक्नु परेकोजस्तो भइरहेको बताए । चितवनमा नेपाली कांग्रेसले एक्लै(एक्लै चुनावमा जाने बताइरहँदा गृह जिल्ला आइपुगेका प्रचण्डले आफ्नै आफ्नै ढंगले गएको भए देशमा शान्ति प्रक्रिया हुन्थ्यो कि हुन्थेन सोच्न आग्रह गरे । उनले आफ्नै-आफ्नै ढंगले गएको भए शान्ति प्रक्रिया, संविधानसभा, संविधान केही पनि नबन्ने बताए । आजभोलि केही साथीहरू भन्न थाल्नुभा’छ मिलेर जाने होइन आफ्नै आफ्नै ढंगले जानपर्छ भन्न थाल्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *