चितवन पुगेर प्रचण्डको काङ्ग्रेस चिढ्याउने अभिव्यक्ती : `गठबन्धनबारे चितवन काङ्ग्रेसले भनेर केही हुँदैन´

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी तीन तहै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलो पटक आज गृह जिल्ला चितवन आउनु भएका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताउनु भयो । चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले बोलेर वा भनेर केहि नहुने उल्लेख गर्नुभएको छ ।
‘गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघिय चुनावसम्म पनि रहन्छ’, उहाँले भन्नुभयो । चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन ।’

चितवन काङ्ग्रेसले काङ्ग्रेसले रुख बाहेक अन्त भोट नहाल्ने पटक पटक बताउँदै आएको छ। प्रचण्ड भने काङ्ग्रेसको भोटले आगामी निर्वाचनमा आफ्नो स्थान सुनिश्चित गर्न चाहनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *