- काठमाडौं ! – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हैसियत अनुसार मन्त्रिपरिषदमा थप कोटा पाउनुपर्ने दाबी गर्नुभएकोे छ । जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले मन्त्रिपरिषद् फेरबदलको सम्भावना रहेको र हैसियत अनुसार आफ्नो पार्टीले थप मन्त्री कोटा पाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले गठबन्धन बनाउन र यसलाई टिकाउनमा आफ्नो निकै महत्त्वपूर्ण भूमिका रहेको कारण त्यस भूमिकाअनुसार सरकारमा सहभगिता जनाउनुपर्ने जिकिर गर्नुभयो । आफूले प्रधानमन्त्रीलाई थप मन्त्री कोटाको माग राखिसकेको प्रचण्डको भनाइ छ ।
लोसपाका नेता र प्रधानमन्त्रीबीच भएको छलफल बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जानकारी दिएको तर सरकारमा सहभागिता वा गठबन्धनमा नै सहभागिता गराउने विषयमा छलफल नभएको बताउनुभयो ।