मन्त्रीमण्डल पुनर्गठन हुनसक्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं ! सत्तारुढ गठबन्धनका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनमा नै मन्त्रिपरिषद्‍मा हेरफेर हुने तयारी भइरहेको बताएका छन् । उनले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरषद्‍‍मा हेरफेर र पूर्णता दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको जानकारी दिएका हुन् ।

मधेस प्रदेशमा मंगलबार आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका दाहालले भने, ‘मन्त्रिपरिषद्‍मा हेरफेरको कुरा चलेको छ। औपचारिक रूपमा कुरा टुंगिएको छैन। केही हेरफेर हुने कुरा भएको छ। नयाँ मन्त्री आउने सम्भावना छ।’

मन्त्रिपरिषद्‍मा हेरफेर हुँदा पार्टीलाई हैसियतअनुसारको हिस्सा दिनका लागि प्रधानमन्त्रीलाई भनेको पनि दाहालले बताए। उनले पार्टीले गठबन्धन बचाउनका लागि माओवादीले त्याग गरेको पनि बताए। ‘हामीले जति मन्त्रालय पाउनुपर्ने मन्त्रालय हो त्यो पाउनुपर्छ भनेर प्रधानमन्त्रीजीलाई भनेको छु,’ उनले भने, ‘विगतमा प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग गर्नुपर्‍यो भन्नुभयो। माधव नेपालले मैले भर्खर पार्टी बनाएकाले सहयोग गर्नुपर्ने भनेकाले हिजो त्यस्तो भएको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *