पोखरामा पुगेर प्रचण्डले भन्नुभयो,गठबन्धन होला र जितौंला भनेर नबसौं

पोखरा । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको धेरै आश नगर्न आफ्ना नेता-कार्यकर्तालाई सुझाव दिनुभएको छ।

चुनाव केन्द्रित अभियानमा रहेका प्रचण्डले आइतबार बिहान पोखरामा आयोजित पत्रकार सम्मेलनमा आफ्नै बलमा चुनाव जित्ने गरी तयारी गर्न पार्टी नेता-कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पार्टीमा जोड गरेर भनेको कुरा के हो भने गठबन्धन होला, त्यहीबाट जितौंला भनेर बसेर हुँदैन, आफ्नै शक्ति र बलमा जित्ने हो’, उहाँले भन्नुभयो, ‘आफ्नै बलमा चुनाव लड्ने कुरालाई ध्यानमा राख्दै तालमेल गर्ने कुरालाई पनि उपयोग गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *