प्रचण्डले कार्यकर्तासामु गरे माओवादीको भबिस्यबाणी :आगामी निर्वाचन माओवादीका लागि लाइफ एण्ड डेथ हुने

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन पार्टीका लागि जीवन–मरण (लाइफ एण्ड डेथ’ हुने बताएका छन् ।

बुधबार कमलादीमा माओवादीको वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आगामी निर्वाचन पार्टीका लागि लाइफ एण्ड डेथ हुने अध्यक्ष प्रचण्डले बताएका हुन् ।

उनले भने, ‘आउनेवाला निर्वाचन चाहे त्यो स्थानीय वा प्रदेश र संघको होस् त्यो सबै हाम्रा लागि सामान्य औपचारिक निर्वाचनमात्रै रहेको छैन । हाम्रो लागि यो लाइफ एण्ड डेथ –जीवन मरणको लडाइँ भएर आउँदैछ ।’

आगामी निर्वाचनमा माओवादीलाई समाप्त पार्न विदेशी शक्ति हात धोएर लागिपरेको प्रचण्डको भनाइ थियो । प्रचण्डका अनुसार विदेशी प्रतिक्रियावादी शक्ति देशमा माओवादीबाहेक दुई वटा दलमात्रै बनाउन लागिपरेको छ ।

‘अहिले दुई वटा पार्टीमात्रै बनाउने कसरत चलिरहेको छ। दुई बुर्जुवा पार्टी पालैपालो शासन गर्ने । अरु परिवर्तनकारी पार्टी सिध्याउने षड्यन्त्र छ,’ अध्यक्ष प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *